
प्रदेश नम्वर एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले धनकुटा नगरपालिका वडा नम्वर ९ बेलहरामा गुठी–बाघखोर–छिदी सडकको कालोपत्रकालागि शिलान्यास गरेका छन् ।
साडे पाँच करोडको लागतमा उन्नती गैरसरकारी संस्थाले बिगतमा ग्राभेल गरेको सडक खण्डको दुईबर्षमा कालोपत्रे गरिसक्ने भनि आईतबार मन्त्रि आङ्वोेले शिलान्यास गरेका हुन् ।सडक कालोपत्रे भएमा धनकुटा नगरपालिका वडा नं ९, सहिदभुमी गाउँपालिका, हिले, पाख्रिवासलगायतका क्षेत्रमा आर्थिक विकास हुनका साथै छिन्ताङ देबिको दर्शन गर्न पनि शहज हुनेछ । बेलहरा गुठीटारदेखि करिव साँढे १२ किलोमिटर सडक पूर्वाधार विकास कार्यालय भोजपुरको २१ करोड ७३ लाख ७९ हजार ४ सय २३ रुपैयाँ ५१ पैसा लागतमा कालोपत्र गर्न लागिएको धनकुटा नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष सन्दिप रायमाझिले बताए ।

धनकुटामा मेडिकल कलेज स्थापना गर्न साढे १६ करोड बजेट बिनियोजन सहित प्रदेश सरकारले यस आर्थिक वर्षमा पूर्वाधार विकासमा ४५ प्रतिशत बजेट विनियोजन गरेको शिलन्यासको अवसरमा मन्त्री आङ्वोले बताएका छन् । हिलेबाट शहीदभूमि छ्न्तिाङसम्म कालोपत्रे बन्ने पक्का
प्रतिक्रिया