ल

लण्डन, ५ साउन । बेलायतका अर्थमन्त्री फिलीप ह्यामण्डले बेलायती यदि बोरिस जोनसन बेलायतको प्रधानमन्त्री भएमा आफूले राजिनामा दिने बताउनुभएको छ । आइतबार बीबीसी टेलिभिजनसँगको कुराकानीमा अर्थमन्त्री ह्यामण्डले बेलायतको यूरोपेली यूनियनबाट हुने बहिर्गमनमा बिषयमा जोनसनको रणनीतिप्रति आफू कहिल्यै सहमत नभएको बताउँदै उहाँको नेतृत्वमा आफूले काम गर्न सम्भव नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीका रूपमा नयाँ नेतृत्व जोनसनले लिएमा पक्कै पनि म कसैबाट हटाइनुपूर्व राजिनामा दिनेछु ।” उहाँका अनुसार सम्भवत बेलायतको कन्र्जभेटिभ पार्टीले आगामी बुधबार प्रधानमन्त्रीका लागि जोनसनको नाम चयन गर्नेछ ।
प्रतिक्रिया