फिदिम । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पाँचथर इञ्चार्जमा १ प्रदेशका अर्थ तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो मौसम मनोनित भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले आङ्बोलाई पाँचथर इञ्जार्ज तोकेको हो ।
पूर्व नेकपा माओवादीका पोलिटव्यूरो सदस्य आङ्बो एमाले र माओवादी एकिकरण भएर बनेको नेकपामा केन्द्रिय सदस्य छन् । प्रदेशसभा निर्वाचन २०७४ मा उनी पाँचथर ख बाट विजयी भएका हुन । पहिलो पटक गठन भएको प्रदेश सरकारमा उनी अर्थ तथा योजना मन्त्रालय सम्हालिरहेका छन् । प्रदेश मन्त्रीको रुपमा उनको भूमिका निक्कै रुचाइएको ।
पाँचथर सहइनचार्जमा केन्द्रिय सदस्य आइन्द्रसुन्दर नेम्बाङ र अर्का केन्द्रिय सदस्य डम्बरसिंह सम्बाहाम्फे तोकिएका छन् ।
५ श्रावण २०७६, आइतबार ००:००
0
Shares
प्रतिक्रिया