१७ कार्तिक २०८१, शनिबार । November 2, 2024

अर्थ

सञ्चार क्षेत्रबाट नगरमा सुशासनको लागि सहयोग गर्ने



मोरङ । पथरीशनिश्चरे नगरपालिका मोरङलाई सञ्चार क्षेत्रबाट सुशासनको लागि पहल गर्ने स्थानीय पत्रकारहरुले बताएका छन् । आइतबार नेपाल पत्रकार महासंघ प्रस्तावित पूर्वीमोरङ शाखाको आयोजनामा सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले सो कुरा बताएका हुन । नगरपालिकाको सभा हलमा आयोजित अन्तरक्रिर्या कार्यक्रम नगरमा सुशासन कायम गर्न सञ्चारर्कीहरुले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । सोही कार्याक्रममा नगरपालिका प्रमुख दिलिपकुमार राईले नगरमा सुशासन कायम गर्न आफू लागि पर्ने बताए । नगरप्रमुख राईले नगरमा पारदर्शी, छिटोछरितो सेवा दिन, पारदर्शीता कायम गर्न प्रयात्न गरिहेको बताए । राईले नगरमा कृषि, पर्यटन, सुरक्षा, वालबालिका, स्वास्थ्य, शिक्षा लगायतमा छिमेकी नगरहरुभन्दा भिन्न र राम्रो गर्ने प्रयास गरिरहेको बताए । नगरमा कार्यक्षेत्र भएका पत्रकारहरुस“ग नियमित रुपमा अन्तरक्रिर्या गर्न नगरले चाहेको प्रमख राईले बताए । नगरका प्रतिनिधिहरुले कहि कतै कमिकम जोरी गरेमा लिखित वा मौखिक जानकारी दिन प्रमुख लिलिपकुमार राईले पत्रकारहरुस“ग आग्रह गरे । अन्तरक्रिर्या कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष बाबुराम एङ्देन लिम्बू, ६ का अध्यक्ष जय तामाङले पनि नगरमा सुशासन कायम गर्न आफूहरु लागि पर्ने प्रतिबद्धता व्यक्ति गरे । नेपाल पत्रकार महासंघ मोरङको सहसचिव सन्तोष राईको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय पार्सद अर्जुन जम्नेली राई, प्रदेश पार्सद मोहन भट्टराई, नगरका सूचना अधिकृत भूपेन्द्र तिम्सिना, केशव निरौला लगायतले सुशासन सम्बन्धी विचार राखेका थिए । पथरीशनिश्चरे नगरपालिको आर्थिब बर्ष २०७५÷०७६ को बजेटबाट लेखन वृति पाएका १५ जना पत्रकारहरुलाई रकम हस्तान्तरण भएको थियो । लेखन वृतिको स्तर हेरेर १५ जनालाई ८२ हजार पा“च सय रकम वितरण गरिएको महासंघको सहसचिव शन्तोष राईले बताए । लेखन वृति पाउनेहरुमा फिपराज बेघा, गोपाल काफ्ले, कुमार खड्का, विवेक न्यौपाने, भीमराज अधिकारी, दिनेश सुब्बा, अर्पणा आचार्य, भूमिप्रसाद पाठक लगायत रहेका छन् । लेखन वृतिमा संकलन भएका पत्रपत्रिका तथा रेडियो रिर्पोट नगरप्रमुख दिलिपकुमार राईलाई प्रदान गरिएको थियो । नगरक्षेत्रमा रहेका मापदण्ड पुगेका हरेक अनलाइन, पत्रपत्रिका र रेडियोलाई नगरपालिकाबाट आर्थिक सहयोग प्रदानहुदै आएको छ । यद्यपि पत्रकारहरुको क्षमता विकास र भावन निर्माणको लागि रहम विनियोजन नभएकोमा स्थानीय पत्रकारहरुको गुनासो गर्दै आएका छन् ।

प्रकाशित : ५ श्रावण २०७६, आइतबार ००:००