
काठमाडौं, साउन ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ ओटै जिल्ला र ६ ओटा महानगरपालिकाको इञ्चार्ज र सहइञ्चार्ज चयन गरेको छ । आज सम्पन्न सचिवालय बैठकले इन्चार्ज सहइ्न्चार्ज तोकेको हो ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका जानकारी अनुसार बैठकले ७७ ओटा जिल्ला कमिटी र जिल्ला कमिटी सरहकै ६ ओटा महानगरपालिकामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको हो ।
बैठकले बिभाग, केन्द्रीय निकायको बिषयमा भने पर्सि बस्ने सचिवालय बैठकबाट निर्णय लिने सहमति गरेको छ । ‘अर्को बैठक पर्सि पार्टी कार्यालय धुम्बाराहीमा बस्न्े र त्यहि बैठकबाट निर्णय लिइने प्रवक्ता श्रेष्ठले बताए ।







प्रतिक्रिया