मोरङ । लोकसेवा आयोगले संविधानको मर्म विपरित आदिवासी जनजाति, मधेशी, दलित, पीछडा वर्ग, महिला लगायतको आरक्षण कोटा काटिएको विरुद्धमा आज (शनिबार) १ नम्बर प्रदेशमा यातायात बन्द भएको छ । बन्दको क्रममा मोरङको पथरीमा आन्दोलनकारीहरुले मुख्य सडक बन्द गराएका छन् । किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति, आदिवासी जनजाति महासंघ सम्बद्ध विभिन्न संगठनका नेता कार्यकर्ताहरुको उपस्थितिमा मुख्य सडक बन्द गरेका हुन् । मुख्य सडकमा झण्डा राख्नुको साथै पूर्व पश्चिमबाट आएको सवारी तथा मालबाहक साधनहरु बन्द गराएका थिए । पथरीमा भएको कोणसभामा किरात राई यायोक्खा केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख अर्जुन जम्नेली राईले आदिवासीको अधिकार कटौती हुँदै गए निर्णायक आन्दोलनहुने चेतवानी दिए । लोकतान्त्रिक परिवर्तनपछि निरन्तर आदिवासी जनजाति समुदायको अधिकार कटौतीहुँदै आएको भन्दै यस्तै अवस्था रहे उत्पीडित समुदायले निर्णायक विद्रोहहुन सक्ने बताए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ पथरीशनिश्चरे नगर अध्यक्ष चन्द्र तामाङ, यायोक्खा मोरङ जिल्ला अध्यक्ष नरहाङ राई लगायतको सहभागिता रहेको कार्यक्रममा स्थानीय बुद्धिजिवी प्रदिपकुमार राई लगायतले बोलेका थिए । सडकमा निस्किएका आन्दोलनकारीहरु पूर्वदेखि पश्चिम बस स्टेनसम्म झण्डा लिएर साधनहरु बन्द गराउँदै हिडेका थिए । बन्दको क्रममा लोकसेवा आयोगको प्रस्नपत्र च्यात्ने क्रममा खोटाङको दिक्तेलमा रबिन खम्बू, एलबी मगर, मिलन चाहार र सविना अछामीलाई प्रहरीले पक्रेको किरात राई यायोक्खा केन्द्रीय प्रचार विभाग प्रमुख अर्जुन जम्नेली राईले बताए । विहान ७ बजे दिक्तेल क्याम्पस परीक्षा केन्द्रमा लोकसेवा आयोगको प्रस्नपत्र च्यातिएको थियो । त्यसैगरी बन्द सफल पार्न सुनसरीको इटहरी चौकमा आएका संघीय लिम्बूवान मञ्चका केन्द्रीय महासचिव अशोक चेम्जोङ, आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष राम राई, मनोहर थलङ, रामरोगन चौधरी, चन्द्र गोङ्देन, राजेन्द्र साबा, दिलिप गुरुङ, पेम्बा शेर्पा, अर्जुन राई, प्रतित राई, मनै चौधरी, सरिता राई, समिता राई र बच्चु राई पक्राउ गरेका छन् । इटहरी चौकमा सडक बन्द गर्न आउने क्रममा विहान ८ बजे पक्राउ परेको साँझसम्म नछाडेको संघीय लिम्बुवान मञ्चका केन्द्रीय महासचिव अशोक चेम्जोङले बताए ।
प्रतिक्रिया