१७ कार्तिक २०८१, शनिबार । November 2, 2024

Life Style

जलविन्दु भनेको के हो ? जलविन्दुबाट यसरी बच्न सकिन्छ



जलविन्दु भनेको के हो एक प्रकारको आँखा रोग हो । जसमा अप्टिक नर्भ (दृष्टि सम्बन्धी स्नायु) मा क्षति भएको हुन्छ । यसको प्रारम्भिक चरणमा केही मात्र लक्षणहरु देखिन सक्छ वा कुनै लक्षण नै नदेखिन पनि सक्छ र र यसले कुनै पनि चेतावनी विना नै आँखाको दृष्टि हेरेर लैजान सक्छ । वास्तवमा जलविन्दुबाट ग्रसित धेरैजसो मानिसहरुलाई आफूलाई यो रोग लागेका थाहा हुँदैन । यदि पता नलागे अथवा उपचार नगरी वसेमा जलविन्दुले मानिसलार्य अन्धो बनाउन पनि सक्छ । जलविन्दुको जोखिम रहने सवभन्दा प्रमुख कारणहरुमध्ये एक कारण इन्ट्राअक्युलर प्रेसर (आई.पि.ओ.)अर्थाथ आखा भित्रको चापमा वृद्धि हुनु हो । एउटा स्वास्थ्य आँखामा एक्रस ह्युमर नामक तरल पदार्थ ,जुन गतिमा वगेर सकिन्छ सोही गतिमा उत्पादन हुन्छ । बगेर जाने प्रणाली अवरोध उत्पन्न भएर सामान्य गतिमा सो तरलको निकास हुन नसक्ने स्थिति भएमा चाप बढ्छ । यसरी बढेको (आई.पि.ओ.)ले अप्टिक नर्भलाई धकका लगाउँछ ,जसले यसलाई विस्तारै क्षति पुयाउँदै जान्छ र फलस्वरुप दृष्टि हराएर जान सक्छ र यो दृष्टि हराउने प्रक्रिया प्राय पेरिफेरल वा छेउको दृष्टि हराउँदै गएर सुरु हुन्छ । आँखाको बढ्दो चापलाई स्नायु रेशाहरु(जसबाट अप्टिक नर्भ बनेको हुन्छ ) लाई विस्तारै खराव बनाउने कारणहरुको रुपमा पनि लिइन्छ । जलविन्दूका कारणहरुमध्ये े (आई.पि.ओ.) को मात्र उपचार गर्न सकिन्छ ।

जलविन्दुको जोखिम क–कसलाई हुन्छ ?
१,परिवारमा कसैलाई जलविन्दुु भएको मानिसलाई ।
२, मधुमेह भएको मानिसलाई ।
३, उमेर ४० वर्षभन्दा बढी भएको मानिसलाई ।
४,लामो समयसम्म स्टेरोयडसको प्रयोग गरेको मानिसलाई ।
५,आँखामा भौतिक चोट लागेको मानिसलाई ।

जलविन्दुको निदान कसरी गर्न सकिन्छ ?
जलविन्दु रोग पत्ता लगाउने सर्वोत्तम उपाय भनेको आँखा रोग विशेषज्ञद्धारा आँखाको सम्पूर्ण जाँच गराउनु नै हो । आँखाको पुर्णतया जाँचमा (आई.पि.ओ.) नाप्ने र आँखाको तरल वग्ने प्रणालीको कोण साथै अप्टिक नर्भको परिक्षण गर्ने कुराहरु पर्दछन् । यसका अतिरिक्त प्रत्येक आँखाको पेरिफेरल भिजन वा छेउको दृष्टिको जाँच गर्न भिज्युअल फिल्ड टेष्ट गर्न सकिन्छ । note=यो सामग्री तिलगंगा आँखा अस्पतालको सहकार्यमा तयार पारिएको हो ।

प्रकाशित : २ श्रावण २०७६, बिहिबार ००:००