जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लाका विभिन्न ठाउँबाट महिला र पुरुषको ४३ जोडी पक्राउ
गरेका छन् । जिल्लाको नगर तथा नगरोन्मुख ग्रामीण क्षेत्रमा सञ्चालित होटल लज,रेष्टुरेण्ट,कटेज र डेटिङ स्पटहरुमा लागु औषध दुव्र्यसन,यौनजन्य तथा सामाजिक विकृतीजन्य गतिविधिहरु बढेको भन्ने जनगुनासो आएकोले प्रहरीले ‘क्लिन चितवन’ अभियान अन्तर्गत कारवाही अभियान थालिएको हो । त्यसैगरी प्रहरीले खानतलासीको क्रममा १२ जना होटल सञ्चालक पनि नियण्त्रण लिइ उनीहरुमाथि अनुसन्धान प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
३१ असार २०७६, मंगलबार ००:००
0
Shares
प्रतिक्रिया