
ह्युस्टन, २९ असार । तीब्र गतिको आँधीसँगै आएको बाढी र पहिरोमा परी अमेरिकाको पूर्वी शहरहरुमा हजारौँ प्रभावित भएका छन् । शनिबार मध्यान्हतिर आएको बेरी नामक सो आँधीपछि लुजियाना राज्यको इन्ट्राकोस्टल सहरमा पहिरो गएको अधिकारीहरुले जनाएका छन् । अमेरिकी राष्ट्रिय आँधी पूर्वसूचना केन्द्रका अनुसार आँधीपछि बर्षा भएकाले अरु धेरै क्षति भएको र थप खतरा रहेको अनुमान गरिएको छ । सामुद्रिक तटीय क्षेत्रबाट आएको आँधीले अमेरिकाका पूर्वी आवासीय क्षेत्रमा सबैभन्दा बढी नोक्सान गरेको छ । स्वयमसेवक तथा उद्धारकर्ताहरुले प्रभावितहरुलाई सुरक्षित गराउने र उद्धार गर्नेक्रम भने चलिरहेको जनाएका छन् ।
प्रतिक्रिया