
कुम्मायक गाँउपालिका क्षेत्रमा सुधारिएको चुलोको दक्ष प्राविधिक० उत्पादन गर्ने उद्धेश्यका साथ सामाजिक शैक्षिक तथा पर्यावरणीय विकास नेपाल (सिड) को आयोजना तथा कुम्मायक गाँउपालिकाको सहयोगमा ७ दिने तालीम सम्पन भएको छ । तालिममा गाउँपालिकाको विभिन्न ठाउँबाट २० जनाको सहभागिता रहेको सिड पाँचथरका संयोजक भीम कार्कीले बताएका छन् । पाँचथर जिल्लालाई आजभन्दा करिव ७ वर्ष अघि नै धुँवा मुक्त जिल्ला घोषणा गरिएको थियो । यसै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सिड संस्थाले जिल्लाको विभिन्न स्थानीय तहमा दक्ष प्राविधिक उत्पादन गर्ने उदेश्यसहित स्थानीय सरकारसंग सहकार्य सुरु गरेको हो । तालिमको सहजीकरण सुधारिएको चुलोको विज्ञ प्रकाश खतिवडाले गरेका थिए ।

प्रतिक्रिया