१५ कार्तिक २०८१, बिहिबार । November 1, 2024

Life Style

अविरल वर्षाको कारण ३१ जनाको मृत्यु, १३ बेपत्ता, ६४ जनाको उद्दार




अविरल वर्षाका कारण वीरगञ्जको रामगढवामा बाढी आएपछि शनिबार स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ लैजान मद्दत गर्दै सुरक्षाकर्मी । तस्बिर : विजयकुमार महतो rss


काठमाडौं, २८ असार । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी ३१ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १३ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन् । बाढी पहिरोमा परेका काठमाडौंमा ४२ जना, उदयपुरमा १० जना, ललितपुरमा ३ जना, सिन्धुलीमा ४ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा ११ जना गरी ६४ जनाको उद्दार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाढी पहिरोमा परी भोजपुरमा ५, काठमाडौं, खोटाङ, ललितपुर र काभ्रेमा ३/३ जना, मकवानपुर, धादिङ र सिन्धुलीमा २/२ जना र ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १/१ जना गरी ३१ जनाको ज्यान गएको हो ।
साथै मकवानपुरमा ३ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १/१ जना गरी ११ जना घाइते भएका हुन् । सिन्धुलीमा ४ जना, काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङमा १/१ जना गरी १३ जना वेपत्ता भएका छन् ।

वर्षाले ल्याएको विपद

प्रकाशित : २८ असार २०७६, शनिबार ००:००