१६ फाल्गुन २०८१, शुक्रबार । February 28, 2025

समाचार

तालमा डुबेर एक जना बेपत्ता



चितवनको माडीस्थित बैकुण्ठ तालमा डुबेर आज एक युवा बेपत्ता भएका छन् । साथीहरूसँग नुहाउन भरतपुरदेखि बैकुण्ठताल गएका भरतपुर–७ का १९ वर्षीय अवनत तिवारी बेपत्ता भएको प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक युवराज तिमल्सिनाको टोलीले उनको खोजी गरिरहेको छ । –––

प्रकाशित : २१ असार २०७६, शनिबार ००:००