
बैकिङ् कसुर मुद्दामा फरार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका– ९ का प्रमोदकुमार खड्का कारागार चलान भएका छन् । खड्का विरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले उनलाई एक महीना कैद र रु २३ लाख जरिवानाको फैसला वैशाख १६ गते गरेको थियो । त्यसवेलादेखि उनी फरार हुँदै आएका थिए । काठमाडौँको चक्रपथबाट उनलाई प्रहरीले मङ्गलबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो । अदालतको आदेशले कैद भुक्तानका लागि उनलाई कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँ पठाइएकोे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)का प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो । खड्काले आर्थिक व्यवहार मिलाउने भन्दै जाहेरवाला प्रशान्त जैसवालसँग रु २३ लाख लिएकोमा नियतबस पैसा नभएको बैंकको चेक दिएपछि जाहेरी परेको थियो । –––
प्रतिक्रिया