काठमाण्डौंबाट प्रकाशित अधिकांश पत्रपत्रिकामा नेपाल आयल निगमका पुर्व कार्यकारी निर्देशक गोपाल खड्कासहित चार जनाविरुद्ध १८ करोडको भ्रष्टाचार मुद्दा दर्ता भएको समचारलाई मुख्य समचार बनाएर छापेको छन् । नयाँ पत्रिका दैनिकले युएईका विभिन्न जेलमा दुई सय नेपाली रहेको नेपाली दूतावासले जनाएको छ । नेपाली दूतावास अबुधावीले युएईका विभिन्न प्रान्तहरूमा रहेका केन्द्रीय जेलहरूको भ्रमणपश्चात् तयार पारेको तथ्यांक को प्रतिवेदनमा १८८ पुरुष र १२ महिला युएईमा जेल जीवन बिताइरहेको नयाँ पत्रिकाले उल्लेख गरेको छ । त्यसैगरी राजधानी दैनिकले विवादमा परेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको विषयलाई प्राथमिकताका साथ छापेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई राजदूतबाट बर्खास्त गर्ने निर्णय गरेको हो । शेर्पा्विरुद्ध मानव बेचबिखनको आरोप लागेको छ । त्यसैगरी नागरिक दैनिकले आइतवारदेखि लगातारको हिउँ वर्षाका कारण हिमाली भेगमा हिउँको तालतलैया जम्न सुरु भएको विषयलाई प्राथमिकतासहित छापेको छ । मुस्ताङ – हिमाली जिल्लामा अधिक चिसोका कारण तालतलैया जम्ने चिसो बढेको र चिसोका कारण बजार सुनसान छ भने मान्छेको जनजीवन प्रभावित भएको कुरा प्राथमिकतासहित छापेको छ । कान्तिपुर दैनिकले भने सरकार र प्रााध्यापक गोविन्द केसीवीच भएको सम्झौतामा सत्तारुढ सांसदहरुको असहमतीलाई प्राथमिकताका साथ छापेको छ।
२४ पुस २०७५, मंगलबार ००:००
0
Shares
प्रतिक्रिया