![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/01/paper-tudikhel.com_-1024x537.jpg?resize=720%2C378)
काठमाडौं, ९ भदौ । आज प्रकाशित अधिकांश पत्रपत्रिकाले प्रधामन्त्रीको स्वास्थ्य र आत्महत्य दुरुत्साहन मुद्दालाई प्राथमिकताका साथ छापेका छन् ।
प्रधानमन्त्रीको एन्टिडी नष्ट गरिदै
आजको अन्नपूर्ण पोष्ट दैनिकले प्रधानमन्त्रीको एन्टिबडी नष्ट गरिदै शीर्षकमा मुख्य खबर बनाएको छ ।
प्रधानमन्त्री केपी शर्माँ ओलीको सिंगापुरमा प्लाज्माफेरेसिस उपचार सुरु गरिएको छ । मिर्गौला रोग विशेषज्ञका अनुसार प्लाज्माफेरेसिस सफल भए लामो समय मिर्गौलाको कार्यक्षमता लम्ब्याउन सकिन्छ र प्रधानमन्त्रीका अन्य अंग स्वस्थ रहनुका साथै उच्च मनोबल भएका कारण उपचार जटिल नहुन सक्ने उनीहरुको आंकलन छ । खबरमा उल्लेख छ ।
उत्तर कोरियालीमाथि व्यापक कडाइ
आजकै अन्नपूर्णमा उत्तर कोरियालीमाथि सरकारले व्यापक कडाइ शीर्षकमा अर्को समाचार छापेको छ । संयुक्त राष्ट्रसंघले लगाएको नाकाबन्दी कार्यान्वयन गर्न नेपालले यस्तो कदम चालेको हो ।
कडाइ गरिएसँगै उत्तर कोरियाली नागरिक आफ्नो लगानीमा सञ्चालित कम्पनी बन्द गरी स्वादेश फर्किन थालेका छन् । राष्ट्रसंघले डेढ महिनाअघि नाकाबन्दी पूर्ण रुपले कार्यान्वयन गर्न सदस्यराष्ट्रलाई पत्राचार गरेका थिए ।
आत्महत्या दुरुत्सान : एकै बर्षमा १३२ जना हिरासतमा
आत्महत्या दुरुत्सान : एकै बर्षमा १३२ जना हिरासतमा सेलिब्रिटीको पक्षमा हजारौँको जुलुस, निमुखाको लागि को बोलोस् ? शीर्षकमा आजको नयाँ पत्रिकाले आत्महत्या दुरुत्साहन सम्बन्धी विशेष खबर छापेको छ ।
आत्महत्या दुरुत्साहनको पहिलो नजिर श्रीमतीको आत्महत्यामा अदालतले आंशिक दोषी ठहर गरी पाँच महिना कैद भोगेका रामेछापका डोरबहादुर श्रेष्ठका खबरदेखि समता प्रकण, प्रेमिकालाई धोका दिएर जेल गएका युवादेखि पच्छिलो चर्चामा रहेको घटना पत्रकार पुडासैनी आत्महत्य प्रकारण रवि लामिछाने सहित तीनजना विरुद्ध मुद्दा चलाईएको खबरलाई समेटिएको छ ।
१ वर्षदेखि अड्कियो नागरिकता विधेयक
एक बर्षदेखि संसदमा अल्झिएर रहेको नागरिकता विधेयक बारे आजको कान्तिपुर दैनिकले मुख्य समाचार बनाएको छ ।
समाचारमा संसद्बाट विधेयक पारित नहुँदा संविधानमा राखिएका नागरिकतासम्बन्धी कतिपय नयाँ प्रावधान कार्यान्वयनमा आउन नसकेको उल्लेख छ । जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तान नागरिकता पाउनबाट वञ्चित भएका छन् । अन्य प्रकृतिका नागरिकता वितरण निरन्तर छ । संविधानमा व्यवस्था भए पनि कानुन नबन्दा जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानले नागरिकता पाएका छैनन् ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/tudikhel-nayapatrika-697x1024.jpg?resize=697%2C1024)
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/annapurna-647x1024.jpg?resize=647%2C1024)
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/tudikhel-annapurna-688x1024.jpg?resize=688%2C1024)
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/gorkhapatr-tudikhel-659x1024.jpg?resize=659%2C1024)
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/himalayan-654x1024.jpg?resize=654%2C1024)
प्रतिक्रिया