पाँचथर र इलामको सिमानामा रहेको सप्तमी बजार छेउमा प्रतिनिधी सभाका उमेद्वारलाई लक्षित गरेर राखेको बम सेनाले निस्कृय बनाएको छ ।
बिहीबार बिहान इलामको फाकफोक थुम ४ र पाँचथरको मिक्लाजुङ गाउँपालिकाको वडा न ४ को सिमानामा पर्ने राके रबि मोटरबाटो खण्डको इमरीङ भन्ने स्थानमा बम फेला परेको थियो । बिहीबार बिहान लोकतान्त्रिक गठबन्धन अन्र्तगत पाँचथरका प्रतिनिधी सभाका उमेद्वार नेपाली काग्रेसका भिष्मराज आङदेम्बे सोहीबाटो भएर पाँचथरको तुम्बेवा गाँउपालिकाको मौवा बजारको आम सभामा जाने कार्यक्रम रहेको थियो नेकपा माओवादी केन्द्रका नेता तथा पुर्व स्थानीय राज्य मन्त्रि श्रीप्रसाद जबेगू सोहीबाटो भएर फिदिम फर्कने कार्यक्रम रहेको थियो ।
मोटरबाटोमा बमदेखे पछि स्थानीयबासीले इलाका प्रहरी कार्यालय रबिमा जानकारी गराएका थिए । बमलाई बिहीबार दिउँसो फिदिम स्थित नेपाली सेनाको भैरबी दल गणको एक टोलीले निष्कृय बनाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब निरिक्षक बामदेव गौतमले बताउनु भयो । बम संगै ८ भोल्टको ब्याट्री र तार समेत फेला परेको थियो । सडकमा बम फेला परे पछि ६ घण्टा बाटोमा सवारी साधन बन्द गरिएको थियो । १० गते हुन गइरहेको निर्वाचनलाई लक्षित गरी मतदाताहरुलाइृ आतङकित पार्न बम राखिएको हुन सक्ने स्थानीयबासी महेन्द्र थापा बताउनु हुन्छ ।
७ मंसिर २०७४, बिहिबार ००:००
0
Shares
प्रतिक्रिया