१६ फाल्गुन २०८१, शुक्रबार । February 28, 2025

ग्लोबल

अफगानिस्तानमा जारी कारबाहीमा ५५ लडाकू मारिए कारबाहीको क्रममा पाँच प्रहरीले पनि ज्यान गुमाए



काबुल, ४ साउन । अफगानिस्तानको विभिन्न शहरमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ५५ आतङ्ककारी मारिनुको साथै अन्य ३७ घाइते भएका छन् ।

सुरक्षा कारबाहीका क्रममा भएको भिडन्तमा परी पाँच प्रहरीले ज्यान गुमाएका छन् । अफगान रक्षा मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत यो सबै जानकारी दिएको छ ।

अफगान सुरक्षा फौजले देशभरका विभिन्न ठाँउमा आतङ्ककारीविरुद्ध चरणबद्ध रुपमा सुरक्षा कारबाही जारी राखेको छ ।

गत २४ घण्टाको अवधिमा भएका सुरक्षा कारबाहीमा ५५ आतङ्ककारीको मृत्यु भएको छ । कारबाहीमा मारिएका ती मृतकमध्ये तीन जना भने इस्लामिक स्टेट (आईएस) समूहका लडाकू रहेको मन्त्रालयद्वारा जारी विज्ञप्ति उल्लेख गरिएको छ ।

अफगानिस्तानको नान्गार्हार, कपिसा, खोस्ट, गजनी, लोगार, कान्दहार, उरुज्गान, कुन्दुज, फार्याब, बाल्ख, बाघलान, बादख्सान र हेलमान्ड प्रान्तमा सुरक्षा कारबाही सञ्चालन गरिएको मन्त्रालयले थप जानकारी दिएको छ ।

तालिवान लडाकूहरुको आक्रमणमा परी कम्तीमा पाँच जना अफगान प्रहरी पनि मारिएका र केही प्रहरी घाइते भएका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

जाबुल प्रान्तको अर्घान्दाबमा रहेको सुरक्षा चौकीमा बिहीबार तालिवान लडाकूहरुले आक्रमण गरेका थिए ।

प्रकाशित : ४ श्रावण २०७४, बुधबार ००:००