काठमाण्डौ । एनआरएनए युके महिला संयोजकमा कवि तथा समाजसेवी लीला सेलिङ मावो ले उम्मेद्वारी घोषणा गरेकी छिन् । उनले पत्रकार सम्मेलन गरि आगामी सेप्टेम्बरमा हुने एनआएनए युकेको सम्मेलनमा महिला संयोजकको उम्मेद्वारी दिने घोषण गरेकी हुन ।
सेलिङ कवि तथा गीतकारको रुपमा परिचित छिन् । उनको लाहुरेनी पीडा नामक कविता संग्रह प्रकाशित छ । लिम्बू तथा नेपाली भाषाका आधा दर्जन गीत रेकर्ड भएका छन् ।
हाल किरात याक्थुङ चुम्लुङ युकेका उपाध्यक्ष रहेका सेलिङले यस अघि चुम्लुङका विभिन्न शाखा र अन्य विभिन्न सामाजिक संस्थाहरुमा काम गरिसकेकी छिन् ।
एनआरएनए युके च्यारिटी विभागमा समेत काम गरिसकेकी सेलिङले महिला संयोजकमा निर्वाचित भए प्रवासमा रहेका नेपाली महिलाहरुको हित तथा नेपालका ग्रामिण महिलाहरुका स्वास्थ्य सुधारका काम गर्ने योजना रहेको बताइन ।
उम्मेद्वारी घोषणा कार्यक्रमको भिडियो हेर्नुस
प्रतिक्रिया