१६ फाल्गुन २०८१, शुक्रबार । March 1, 2025

मुख्य खबर

चौरासी वर्षीय वृद्धद्धारा ६ बर्षीया बालिका बलात्कृत



 

चरिकोट, २ साउन । दोलखाको भीमेश्वर नगरपालिका–७ का ८४ वर्षीय रघुनाथ सुवेदीले ६ वर्षीया नाबालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले दिएको जानकारीअनुसार नाबालिकालाई ८४ वर्षीय वृद्ध सुवेदीले जबर्जस्ती करणी गरेको हो । आफू बस्ने कुटीमा लगी सुवेदीले ललाई फकाई लहरे आँप दिने भन्दै प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।

नाबालिकाको आफन्तले वृद्ध सुवेदीले जबर्जस्ती करणी गरेको थाहा पाएपछि प्रहरीलाई जाहेरी दिएसँगै पक्राउ गरिएको कार्कीले बताए। प्रहरीले सुवेदीलाई पक्राउपछि जिल्ला अदालत दोलखाबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको बताएको छ ।

प्रकाशित : २ श्रावण २०७४, सोमबार ००:००