१६ फाल्गुन २०८१, शुक्रबार । March 1, 2025

मुख्य खबर

लहानबाट स्मार्टकार्ड वितरण



लहान, २ साउन । यातायात व्यवस्था कार्यालय लहानले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को स्मार्टकार्ड वितरण शुरु गरेको छ ।

पहिलो चरणमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रतिलिपि बनाउन आउने सेवाग्राहीलाई स्मार्टकार्ड वितरण शुरु गरेको यातायात व्यवस्था कार्यालय लहानका शाखा अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । स्मार्टकार्ड लागू भएपछि सेवाग्राही उत्साहित भएका छन् ।

राजश्व कार्यालयभित्र ग्लोबल बैंकको काउन्टर

यसैगरी, आन्तरिक राजश्व कार्यालय लहानको हाताभित्र आइतबारदेखि ग्लोबल आइएमी बैंकको काउन्टर सञ्चालनमा आएको छ ।

आन्तरिक राजश्व कार्यालयमा कर बुझाउन आएका करदाताको सुविधालाई दृष्टिगत गरी सञ्चालनमा आएको बैंक काउन्टरको आइतबार एक कार्यक्रमबीच आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कर अधिकृत गोविन्दप्रसाद अधिकारीले उद्घाटन गर्नुभयो ।

करदातालाई बैंकिङ्ग प्रणालीबाट कर बुझाउन सहज होस् भन्ने उद्देश्यले आन्तरिक राजश्व कार्यालयको परिसरभित्रै बैंकको काउन्टर सञ्चालन गरिएको प्रमुख कर अधिकृत अधिकारीले बताउनुभयो ।

प्रकाशित : २ श्रावण २०७४, सोमबार ००:००