भक्तपुर, १ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र उत्तर कोरियाली राजदूत किम योङ हकबीच आइतबार भेटवार्ता भएको छ ।
बिजुक्छे निवास कमलविनायकमा भएको सो भेटमा समसामयिक विषयमा छलफल भएको थियो । सो अवसरमा अध्यक्ष बिजुक्छेले पश्चिमा सञ्चारमाध्यमको झुटा प्रचारका कारण नेपालमा पनि उत्तर कोरियाका बारेमा भ्रम फैलिएको बताउनुभयो । उहाँले सो भ्रम चिर्न आफ्नो पार्टी प्रयासरत रहेको राजदूत हकलाई स्पष्ट पार्नुभएको थियो ।
भेटमा बिजुक्छेले उत्तर कोरियाले पछिल्लो समय ज्ञान, विज्ञान तथा प्रविधिमा उल्लेख्य प्रगति गरेकामा प्रशंसा गर्दै सो प्रगति र नयाँ नयाँ सफलताले विश्वका जनता उत्साहित भएको बताउनुभयो ।
सो अवसरमा राजदूत हकले उत्तर कोरियाले अर्थतन्त्रको क्षेत्रमा उल्लेख्य प्रगति गरिरहेको जानकारी बिजुक्छेलाई दिनुभएको थियो ।
प्रतिक्रिया