१६ फाल्गुन २०८१, शुक्रबार । March 1, 2025

मुख्य खबर

बाढीपीडितलाई फोरमको राहत



राजविराज, १ साउन । दुई हप्ताअगाडि सप्तरीमा आएको बाढीका कारण पीडित भएका परिवारलाई संघीय समाजवादी फोरम नेपालले आज राहत उपलब्ध गराएको छ ।

फोरम नेपालको सप्तरी जिल्ला कार्य समितिले हनुमानगर कंकालनी नगरपालिका–२ का १०६ परिवारलाई प्रतिपरिवार पाँच किलोका दरले चामल, एक थान त्रिपाल, एक÷एकवटा बाल्टिनलगायत सामग्री वितरण गरेको छ ।

संघीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेशकुमार यादवले सोमबार जिल्लाको तिलाठी, मैनाकडेरी, भेडियालगायत बाढीबाट प्रभावित क्षेत्रका पीडितलाई राहत उपलब्ध गराउने जानकारी दिनुभयो ।

त्यस्तै, मधेशी इन्जिनियर्स स्टुडेन्ट युनियन (मेसु)ले पनि सप्तरीको कञ्चनरुप–९ स्थित रघुनाथपुरका बाढीपीडितलाई प्रतिपरिवार २५ किलो चालम, तीन किलो भुजा, खाने तेल, नुनलगायत सामग्री वितरण गरेको छ । सप्तरीको विभिन्न खोलामा आएको बाढीका कारण एक हजार ५०० भन्दा बढी घरपरिवार प्रभावित भएका थिए ।

प्रकाशित : १ श्रावण २०७४, आइतबार ००:००