१६ फाल्गुन २०८१, शुक्रबार । March 1, 2025

मुख्य खबर

नहरमा डुबेर बालकको मृत्यु



रत्ननगर (चितवन), १ साउन । चितवनको भरतपुर महानगरपालिका–४ स्थित नहरमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रण कक्षले दिएको जानकारीअनुसार आज साँझ ६ः३० बजेको समयमा १० वर्षीय रोनिश खड्काको नहरमा डुबेर मृत्यु भएको हो । विके पार्टी प्यालेस नजिकै नारायणी लिफ्ट सिँचाइको नहरको डिलमा खेल्दै गर्दा लडेर उनी पानीमा डुबेका थिए । पानीबाट बेहोस अवस्थामा उनको उद्धार गरिएको थियो ।

उपचारका लागि चितवन मेडिकल कलेज ल्याउँदै गर्दा खड्काको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । वडा प्रहरी कार्यालय नारायणगढका अनुसार दुईजना बालक खेल्दै गर्दा उनी लडेर नहरमा परेका थिए । रासस

प्रकाशित : १ श्रावण २०७४, आइतबार ००:००