१ मंसिर २०८१, शनिबार । November 17, 2024

छापा खबर

साकेला थानमा क्षती गर्नेलाई कार्वाहीको माग



दमक । प्रकृती पुजक किरात राई समुदायको आस्थाको केन्द्र साकेला थालमा अज्ञात समुहले क्षती गरेको छ ।
झापाको दमक १ मा रहेको साकेला थानमा अज्ञात समूहले क्षती गरेको हो । साकेला थान र आसपासमा रोपिएको विभिन्न जातको रुखका विरुवाहरु काटेको, भाँचेको तथा फालेको अवस्थामा फेला परेको हो । क्षती पुराएको विषयलाई लिएर यायोक्खा नगर समितिले पत्रकार सम्मेलन गरेर विरोध गरेको छ । नगरका अध्यक्ष बासुदेव राईले साकेला थानमा क्षती पुराएकोमा घोर आपत्ती जनाएका छन् । किरातधर्मवलम्वीको आस्थाको केन्द्रमा आक्रमण सुनियोजित भएको बताए । उनले आक्रमणकारीलाई तुरुन्त कार्वाही गर्न सम्बन्धित निकायहरु ईलाका प्रहरी कार्यालय, दमक नगरपलिका समक्ष निवेदन गरिसकेको बताएका छन् ।

संस्थाका सचिव खेम बहादुर राईका अनुसार गणन्त्र आईसक्दा पनि आस्थाको केन्द्रमा आक्रमण हुनु संकिर्ण मानसिकताको उपज हो । त्यसैगरी साकेलाथान संरक्षण समितिका उपाध्यक्ष राजकर्ण साङपाङ राईले यहाँ गरेको क्षतीको विरुद्धमा अर्कोठाउँमा अरुको आस्थामाथि प्रतिवाद भए त्यसको जिम्मेवार को हुने ? भनेर चिन्ता ब्यक्त गरे । क्षतीको स्थलगत अवलोकन पछि नव निर्वाचित १ नम्बर वडाध्यक्ष ताराप्रसाद अधिकारीले घटना निन्दनिय रहेको बताउँदै दोसीलाई कार्वाही गर्नुपर्ने बताए । त्यसैगरी स्थानिय पत्रकार विष्णु पौडेलका अनुसार आस्थाको केन्द्रमा आक्रमण गर्नेकाम सामाजिक फटईं हो भनेका छन् । झापाको पस्चिमी क्षेत्रभरी मध्ये सो वडामा मात्र राप्रपा विजयी भएको थियो ।

प्रकाशित : २७ असार २०७४, मंगलबार ००:००