नवलपरासी, २७ असार । नवलपरासीको सुस्ता गाउँपालिकाको वडा नं ३ मर्चहवा गाउँमा चट्याङ पर्दा छजना घाइते भएका छन् ।
घाइते हुनेमा स्थानीय ओमप्रकाश दुषाध, दीपक शर्मा, अलिराजा शर्मा, वर्ष २८ की चन्द्रकला देवी कोइरी र वर्ष ५५ का भगन दुषाध रहेका छन् । एकजनाको भने नाम खुलेको छैन ।
सोमबार चट्याङ पर्दा उनीहरु घाइते भएका हुन् । घाइतेको उपचार शहीद स्मृति अस्पताल चौपतामा भइरहेको छ ।
प्रतिक्रिया