दाङ, २४ असार । जिल्ला कृषि विकास कार्यालयले कृषकलाई आधुनिक कृषि औजार वितरण गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रु एक करोड ६० लाख बराबरका विभिन्न कृषि औजार वितरण गरिएको कृषि विकास कार्यालयका योजना अधिकृत तिलक केसीले जानकारी दिनुभयो ।
जिल्लामा सञ्चालित धानबाली विकास ब्लक कार्यक्रममार्फत जिल्लाका ढिकपुर, रामपुर र लक्ष्मीपुरका कृषक, कृषक समूह र सहकारीलाई खेत जोत्न प्रयोग हुने पावर टेलर, ट््याक्टर र रोटावेटर, धान दाउने थ्रेसर, धान कुट्ने मिललगायत कृषि औजार वितरण गरिएको हो ।
पावर टेलर २० थान, ठूलो ट््याक्टर र धान दाउने थ्रेसर तीन÷तीन थान तथा धान कुटाउने मिल र रोटावेटर चार÷चार थान वितरण गरेकोे कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दीपककुमार शर्माले जानकारी दिनुभयो । जिल्ला कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा उक्त औजार वितरण गरेको हो ।
प्रतिक्रिया