काठमाडौँ, २४ असार । नेकपा (माओवादी केन्द्र) आबद्ध नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले बहराईनका लागि नेपाली राजदूत पदम सुन्दासलाई बधाई तथा सम्मान गरेको छ ।
दलित समुदायको उत्थान र विकासका लागि अतुलनीय योगदान पु¥याउँदै दलित समुदायबाट पहिलो (पुरूष) राजदूत भएको भन्दै मोर्चाले बधाई तथा सम्मान गरेको हो ।
मोर्चाले यहाँ आज आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा राजदूत सुन्दासले आफ्नो कार्यकालमा नेपाल र नेपालीको पक्षमा उदाहरणीय काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राजदूत सुन्दासलाई (माओवादी केन्द्र) का कार्यालय सदस्य तिलक परियार, पूर्वमन्त्री दलजीत श्रीपाइली, सांसदद्वय सीता नेपाली र दुलारी हरिजनलगायत दलित नेताले बधाई दिनुभयो ।
प्रतिक्रिया