१ मंसिर २०८१, शनिबार । November 16, 2024

मुख्य खबर

बिर्तामोड नगरपालिकामा एमाले विजयी



सुरुङ्गा (झापा), २२ असार । झापाको बिर्तामोड नगरपालिकामा नेकपा (एमाले)ले प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको छ ।

नेकपा (एमाले)का तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिनुभएका धुव्रकुमार शिवाकोटीले नौ हजार ११० मत प्राप्त गर्नुभएको छ भने उपप्रमुख पवित्रा महतरा प्रसाईंले १० हजार ४३७ मत प्राप्त गरी विजय हुनु भएको छ ।

प्रमुख पदका लागि नेपाली काँग्रेसका उम्मेदवार जलकुमार गुरुङले आठ हजार २१७ मत प्राप्त गर्नुभयो भने उपप्रमुख पदकी उम्मेदवार नेपाली काँग्रेसकै पार्वता गिरीले नौ हजार ११ मत प्राप्त गर्नुभयो ।

प्रकाशित : २२ असार २०७४, बिहिबार ००:००