२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

ग्लोबल

सार्क सम्मेलन पाकिस्तानले नै गर्ने



काठमाडाैँ : पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को स्थगित १९ औं शिखर सम्मेलन आफ्नै मुलुकमा गर्ने जानकारी गराएको छ ।

पाकिस्तानले सार्क अध्यक्ष मुलुक नेपाललाई अनौपचारिक जानकारी गराउँदै सदस्य मुलुकबीच वातावरणअनुकूल भएपछि आफ्नै मुलुकमा शिखर सम्मेलन गर्ने बताएको परराष्ट्र स्रोतले जनाएको छ ।

सार्क सदस्य भारतले  पाकिस्तानमा आतंकको त्रासदी बढिरहेको औंल्याउँदै यस्तो अवस्थामा त्यहाँ हुने सार्क शिखर सम्मेलनमा भाग नलिने घोषणा गरेको थियो। लगत्तै अफगानिस्तान, बंगलादेश र भुटानले पनि भारतलाई पच्छ्याउँदै सम्मेलनमा भाग नलिने घोषणा गरेका थिए।

श्रीलंकाले पनि सम्मेलनमा भाग नलिने जनाउ दिएलगत्तै पाकिस्तानले सम्मेलन स्थगनको निर्णय लिएको थिएन्। उसले सम्मेलन आयोजनाको इच्छा भने अझै त्यागेको छैन।

भारत र पाकिस्तानबीच तनावका कारण कात्तिक तेस्रो साता पाकिस्तानमा तय गरिएको सम्मेलन स्थगित गरिएको थियो ।

प्रकाशित : २८ आश्विन २०७३, शुक्रबार ००:००