८ चैत्र २०८१, शनिबार । March 22, 2025

आयोगबाट कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई निर्वाचनबारे जानकारी

निर्वाचन आयोगबाट काठमाडौंस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को बारेमा आयोगको कान्तिपथस्थित कार्यालयमा आज आयोजित कार्यक्रमबीच जानकारी गराइएको छ । उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी, भयरहित बनाउन भएका तयारीबारे भनाइ राख्दै…