काठमाडौं । आज दिउँसो देशभर पूर्ण बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको अनुसार देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेश प्रदेशको एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राती देशभर…