मेलम्ची, २० माघ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ गिरानचौरमा सामुदायिक स्थायी एकीकृत नमुना बस्ती निर्माण हुने भएको छ । बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख डा. गोविन्दराज पोखरेलले बस्ती निर्माणका लागि शिलान्यास गरे । गिरानचौरमा अब बन्न लागेको एकसय ५० वटा भूकम्प प्रतिरोधात्मक भवन धुर्मुस–सुन्तलीले यसअघि यही स्थानमा निर्माण गरेपछिको देशकै ठूलो बस्ती विस्तार योजना…