२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

न्यायाधीशहरु महाअभियोग सिफारिस समितिमा उपस्थित नहुने

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले महाभियोग सिफारिस समितिमा उपस्थित नहुने निर्णय गरेका छन् । बुधबार न्यायाधीशहरुको पूर्ण बैठकले महाभियोग सिफारिस समितिमा सहभागी नहुने निर्णय गरेको हो । सर्वोच्च अदालतले बैठकको निर्णय प्रमाणीकरण गरेर बुधबार नै संघीय संसदमा पत्र पठाइसकेको छ ।