भीमदत्तनगर, ६ असोज (रासस) : आपूर्ति राज्यमन्त्री कर्ण विकले बिहीबार कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर बजार अनुगमन गर्नुभएको छ । उहाँले भीमदत्तनगरस्थित मुख्य बजारका फेन्सी पसल, खाद्य पसल तथा तरकारी बजार र त्यहाँ रहेका मासु पसलको समेत अनुगमन गर्नुभयो । बजार अनुगमनका क्रममा राज्यमन्त्री विकले यहाँस्थित टपसप फेन्सी पसलले महँगोमा सामान बिक्री गर्नाका साथै खरिद बिल देखाउन…