धनुषा, १६ साउन । शहरी विकास मन्त्री प्रभु शाहले जनकपुरधामलाई धार्मिक तथा पर्यटकीय नगरीका रुपमा विकास गर्नका लागि विभिन्न तालतलैयाको शिलान्यास तथा उद्घाटन गर्नुभएको छ ।
आज जनकपुरस्थित देवपुरा रुपैठामा रहेको नोची ठाकुर पोखरीको संरक्षण घाट निर्माण तथा सुन्दरताका लागि नोची पोखरीको शिलान्यास गर्नुभएको हो । त्यस्तै उहाँले महाराजसागर पोखरीको घाट निर्माण र मणिमण्डप निर्माणका लागिसमेत शिलान्यास गर्नुभएको छ । त्यसैगरी जनकपुरको जानकी चोकस्थित अंगराज सर सागर पोखरीको घाट निर्माणको उद्घाटनको गर्नुभएको छ ।
नेची ठाकुर पोखरीको संरक्षण घाट निर्माण तथा सुन्दरताका लागि तीन करोड ५५ लाख ४१ हजार ७७४ रुपैया ९५ पैसाको लागत रहेको छ भने सोको निर्माणका लागि ठेक्का हेम÷सावित्री जेभी जनकपुर–९ लाई दिइएको डिभिजन कार्यालय धनुषाका कार्यालय प्रमुख गंगाप्रसाद यादवले बताउनुभयो ।
त्यस्तै महाराजसागर पोखरीको संरक्षण घाट एवं पार्क निर्माण, सौन्दर्यकरण तथा पोखरीको चारैतर्फ बाटो निर्माणका लागि रु तीन करोड ६५ लाख विनियोजन गरिएको कार्यालय प्रमुख यादवले बताउनुभयो ।
त्यसैगरी मणिमण्डपको सौन्दर्यकरण संरक्षणको रु ८० करोडको गुरुयोजना रहेको बताउँदै शहरी विकास मन्त्री प्रभु शाहले मणिमण्डप दरबार, धर्मशाला, सांस्कृतिलगायत विभिन्न गुरुयोजना रहेको र सोका लागि रु ८० करोड छुट्याइएको जानकारी दिनुृभयो ।
उहाँले तत्काल मणिमण्डपको संरक्षण गर्न तारबारले घेरा हाल्नका लागि रु दुई करोड विनियोजन गरिएको बताउनुभयो ।
जनकपुरधामको विकासप्रति सरकार गम्भीर ः मन्त्री शाह
जनकपुरस्थित अंगराजसर सागर पोखरीको उद्घाटन गर्न पुग्नुभएका शहरी विकास तथा भवन निर्माण मन्त्री प्रभु शाहलाई परिवर्तनका लागि युवा अभियानका संयोजक सुशील कर्णले ज्ञापन पत्र बुझाएको छ ।
ज्ञपानपत्र बुझ्दै मन्त्री शाहले जनकपुरधामको विकासका लागि जनकपुरवासी इमान्दारीपूर्वक एकजुट हुनु आवश्यक रहेको बताउनुभयो ।
मन्त्री शाहले पौराणिककालदेखि नै बौद्धिकत्व प्राप्त गरेको यस सुन्दर नगरी जनकपुरधामलाई पर्यटकीय नगरीका लागि धार्मिक दृष्टिले पनि भरिभराउ रहेको र जनकपुरधामको सुन्दरताका लागि सरकार गम्भीर रहेको बताउनुभयो ।
उक्त ज्ञापनपत्रमा जानकी मन्दिर वरिपरि दुईपांग्रे सवारीसाधनबाहेक सम्पूर्ण सवारीसाधनलाई यस क्षेत्रमा आवागमनका लागि निषेध र अंगराज सरसागर, तेलहा र मडहा तलाउको संरक्षण संवद्र्धन र विकासका लागि तथा धार्मिक पर्यटकीय नगरीका रुपमा विकास गर्नु पर्ने र जानकी मन्दिर वरिपरि रहेको मन्दिरभन्दा अग्लो भवनसमेत तोड्न माग गरेको छ ।
सो ज्ञापनपत्र पढ्दै अभियन्ता सुशील कर्णले अंगराज सरसागर, तेलहा र मडहा पोखरीलाई एक अर्कासँग जोड्नु पर्ने आवश्यकता रहेको बताएको छ । यसका लागि आकर्षक पुलको निर्माण गर्नुपर्छ भने जानकी मन्दिरलाई तत्काल ट्रस्टमा लग्नु अति आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया