२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

मुख्य खबर

दाङको तुलसीपुरमा एमाले विजयी



तुलसीपुर, २२ असार । दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा ९एमाले०का घनश्याम पाण्डे २२ हजार ८५७ मत ल्याएर विजयी हुनुभएको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १८ हजार ९०३ मत प्राप्त गरी पराजित भएका छन् ।

त्यसैगरी, उपप्रमुख पदमा एमालेका मायाँ आचार्य २१ हजार ३६ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाकी देविका नेपालीले २० हजार १८५ मत प्राप्त गर्नुभएको निर्वाचन सहायक अधिकृत ललितबहादुर घर्तीले जानकारी दिए ।

कुल मतदाता ७६ हजार ७०० रहेको तुलसीपुर उपमहानगरपालिकामा ५७ हजारभन्दा बढी मत खसेको थियो ।

प्रकाशित : २२ असार २०७४, बिहिबार ००:००