काठमाण्डौं । नेपाल पत्रकार महासंघ नेपालका बरिष्ठ केन्द्रीय उपाध्यक्ष खिलबहादुर भण्डारीले नयाँ समितिले युरोपभरी छरिएका पत्रकारहरुलाई अझ समेटेर लाने विस्वास ब्यक्त गरे ।
नेपाल पत्रकार महासंघ युरोप शाखाको तेस्रो अधिवेशनको सभालाई सम्बोधन गर्दै उनले भने युरोपभरी रहेका नेपाली मुलका नागरिकको समस्यालाई उजागर गर्ने खाल्को पत्रकारहरुले भुमिका खेल्न आग्रह गरे । अर्का अतिथि महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपांगीले युरोप शाखा र बेलायत शाखा मिलेर काम गर्न तयार रहेको बताए ।
अधिवेशनले केजिन राईलाई लगातार दोश्रो पटक चयन गरेको छ । बेल्जियमको लुभेन शहरमा सम्पन्न अधिबेशनले बरिष्ठ उपाध्यक्ष द्वयमा डिल्लिराम अम्माई, (बेल्जियम) , राजकुमार दिक्पाल (पोर्चुगल) छन् । त्यसैगरी महासचिवमा योगेन्द्र मिलन छन्त्याल, (पोर्चुगल), सचिवमा द्रोण रिजाल (नेदरल्याण्ड), कोषाध्यक्षमा तेज नेपाली (बेल्जियम) छन् । सदस्यहरुमा प्रेम परियार (नर्वे), निराजन श्रेष्ठ (स्विजरल्याण्ड), महिन्दो वाईवा (ईटाली), प्रेम पोमु (जर्मनी), विरमान मगर ( बेल्जियम) शेरबहादुर छन्त्याल (बेल्जियम) छन् । केही बाँकी पदाधिकारी तथा सदस्यहरु पछि बैठक बाट चयन गरिने पुनः निर्वाचित अध्यक्ष राईले बताएका छन् । युरोपका विभिन्न देशहरुबाट तीस जना जति पत्रकारहरुको उपस्थिति रहेको थियो । पत्रकार निलम घिमिरेले स्वागत मन्तब्य राख्नुभएकोमा द्रोण रिजालले कार्यक्रम संचालन गरेका थिए भने केजिन राईको सभापतित्वमा कार्यक्रम भएको थियो ।
प्रतिक्रिया