पोखरा, २० असार । कास्कीको मादी गाउँपालिका–६ स्थित मार्दी जलविद्युत् आयोजनामा कार्यरत एक चिनियाँ नागरिकको उपचारका क्रममा आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४७ वर्षीय चिनियाँ नागरिक जिङ्ग झवोक्वी रहेका छन् । तीन वर्षदेखि उनले सो आयोजनामा काम गर्दै आएका थिए ।
गए राति खाना खाएर सुतेका र बिहान अचेत अवस्थामा देखेपछि त्यहाँ कार्यरत कर्मचारीले उपचारका लागि उनलाई मनिपाल शिक्षण अस्पतालमा भर्ना गराएका थिए । उपचारका क्रममा उनको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले आयोजनामा प्रहरी टोली पठाएर घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया