खोटाङ, १८ असार । हलेसी तुवाचुङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएका छन् ।
प्रमुखमा काँग्रेसका ईवन राईले चार हजार ३९७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा ९एमाले०का खडेन्द्र राईले तीन हजार ९९७ मत प्राप्त गर्नुभयो ।
यसैगरी उपप्रमुखमा काँग्रेसकै विमला राईले चार हजार ४९६ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेकै मनिशा राईले तीन हजार ९२२ मत प्राप्त गर्नुभयो ।
त्यस्तै सो नगरपालिकाका वडा नं। १, ३, ४, ६, ८, ९, १० र ११ को वडाध्यक्षमा क्रमशः काँग्रेसका रुद्रकुमार राई, भलाराज राई, किशोरकुमार बस्नेत, रमेशकुमार राउत, पृथ्वीराज राई, काशीराज राई, ज्ञानबहादुर पुरी र सन्तोष खत्री विजयी भएका छन् ।
वडा नं।२ र ५ मा क्रमशः एमालेका हरिकुमार खड्का र रमेश तिवारी खत्रीले वडाध्यक्षमा विजयी भएका हुन् । त्यस्तै वडा नं। ७ का वडाध्यक्षमा नेकपा ९माओवादी केन्द्र०का चइन्द्र राई विजयी हुनुभएको हो ।
खोटेहाङ गाउँपालिकामा एमाले विजयी
खोटेहाङ गाउँपालिकाको प्रमुख पदमा नेकपा ९एमाले० विजयी भएको छ ।
नेकपा ९माओवादी केन्द्र० का उम्मेदवारलाई पछि पार्दै एमालेका प्रमुखका उम्मेदवार प्रदिप राई र उपप्रमुख कविता राई विजयी हुनुभएको हो । विजेता राईले तीन हजार १२७ र उपप्रमुखमा निर्वाचित राईले तीन हजार २० मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उहाँहरुका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका प्रमुखका उम्मेदवार राजन ढकालले दुईहजार ६८२ र उपप्रमुखका सुशीला बान्तावा राईले दुई हजार ३०९ मत ल्याउनुभएको थियो ।
सो गाउँपालिकाका वडा नं १, ३, ४, ६, ७ र ९ मा एमाले, २ र ५ नं वडामा माओवादी केन्द्र तथा ८ नं वडामा नेपाली काँग्रेस विजयी भएको छ ।
प्रतिक्रिया