रामपुर (पाल्पा), १८ असार । पाल्पाको रामपुर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रमणबहादुर थापा विजयी हुनुभएको छ ।
थापाले आठ हजार ८८५ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजुप्रसाद श्रेष्ठले सात हजार ६७६ मत प्राप्त गर्नुभयो ।
त्यस्तै काँग्रेसकै विष्णुदेवी घिमिरे आचार्यले आठ हजार ५२८ मत प्राप्त गरी उपप्रमुखमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गादेवी रानाले सात हजार ९२४ मत प्राप्त गर्नुभएको हो ।
रामपुर नगरपालिकामा १० वटा वडामध्ये छ वटा वडामा नेपाली काँग्रेस र चार वटा वडामा नेकपा एमालेले विजयी हासिल गरेको छ । बाइस हजार १०९ मतदातामध्ये १७ हजार २३३ मत खसेको थियो ।
वडा नं. २, ४, ५, ६, ७ र ८ मा काँग्रेस विजयी
वडा नं २ का वडाध्यक्षमा काँग्रेसका ताराबहादुर थापाले ५६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का पदमबहादुर कुमालले ३२७ मत प्राप्त गर्नुभयो ।
वडा नं ४ को वडाध्यक्षमा काँग्रेसका एकबहादुर नेपालीले ९८५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लुकबहादुर वीरकट्टाले ८०७ मत ल्याउनुुभयो ।
त्यस्तै वडा नं ५ का वडाध्यक्षमा काँग्रेसका हिमाल मल्लले एक हजार ४६७ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका फणेश्वर गौतमले ८०१ मत प्राप्त गर्नुभयो ।
वडा नं ६ का वडाध्यक्षमा काँग्रेसका हुमनाथ न्यौपाने एक हजार ८० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सागरप्रसाद देवकोटाले ६४५ मत प्राप्त गर्नुभयो ।
यसैगरी वडा नं ७ का वडाध्यक्षमा काँग्रेसकै तीर्थप्रसाद पङ्गेनीले ७९५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सुकदेव पोखरेलले ७४० मत प्राप्त गर्नुभयो ।
वडा नं ८ का वडाध्यक्षमा काँग्रेसका बोमबहादुर नामजालीले ९०३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दिनेशकुमार आचार्यले ८५८ मत प्राप्त गर्नुभयो ।
वडा नं. १, ३, ९ र १० मा एमाले विजयी
यसैगरी वडा नं १ को वडाध्यक्षमा नेकपा (एमाले)का मित्रलाल कँडेलले ७८५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कपिलबहादुर खाँणले ६२६ मत प्राप्त गर्नुभयो ।
वडा नं ३ को वडाध्यक्षमा एमालेका दिनेशकुमार खनालले एक हजार ९४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उमानाथ अर्यालले ७७१ मत प्राप्त गर्नुभयो ।
त्यस्तै वडा नं ९ को वडाध्यक्षमा एमालेका इच्छाराम सिंजाली ६६७ मत प्राप्त गरी विजयी हुनुभएको छ । ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका ज्ञानबहादुर गाहाले ५७१ मत प्राप्त गर्नुभयो ।
वडा नं १० को वडाध्यक्षमा एमालेकै लिलाबहादुर गाहाले एक हजार २१३ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका एकराज पाठकले ८४३ मत प्राप्त गर्नुभयो ।
रामपुर नगरपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । त्यस्तै वडा नं १० मा पनि जनमोर्चासँग एमालेले चुनावी तालमेल गरेको थिए ।
प्रतिक्रिया