पोखरा, १८ असार । पोखरा–लेखनाथ महानगरपालिका–१२ माटेपानीको डाँडास्थित माटेपानी गुम्बा पहिराको जोखिममा परेको छ ।
गए रातिको भीषण वर्षासँगै गुम्बाको तल्लो भागमा पहिरो जाँदा गुम्बाको केही भाग चर्किएको गुम्बा व्यवस्थापन समितिका सचिव पूर्णबहादुर भुजेलले जानकारी गराउनुभयो । उहाँका अनुसार गुम्बाको फेदीदेखि घुम्टे भिरसम्म जान सडक खनिएकाले गुम्बाको तल्लो भागमा गए राति पहिरो गएको हो ।
पहिराले गुम्बामा जान बनाइएका १५० सिँढी भत्काएको छ । स्वदेशी तथा विदेशी पर्यटक गुम्बा निरीक्षणका लागि दैनिक जाने गर्छन् ।
प्रतिक्रिया