९ फाल्गुन २०८१, शुक्रबार । February 21, 2025

Breaking

नेपाल र म्यानमार एक खेलअगावै फाइनलमा

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता



काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र म्यानमार एक खेल खेल्नुअगावै प्रवेश गरेको छ ।

दशरथ रंगशालमा बिहीबार भएको आफ्नो दोस्रो खेलमा नेपालले लेबनानाई १-० ले पराजित गरेपछि दुवै टोलीले फाइनलमा स्थान बनाएका हुन ।

नेपाल र म्यानमारले लगातार दुई जितबाट समान ६ अंक जोडेका छन् । चार राष्ट्र सहभागि प्रतियोगितामा गोल अन्तरमा म्यानमार नेपाल भन्दा अघि छ । बिहीबारै भएको खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले हराएको थियो ।

लेबनान र कीर्गिस्तान लगातार दुई हारपछि उपाधि होडबाट बाहिरिएका छन् ।

समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमार नै खेल्ने छन् भने फाइनल पनि यिनै दुई टोलीको बिचमा हुनेछ ।

 

प्रकाशित : ८ फाल्गुन २०८१, बिहिबार ००:००