२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

समाचार

विनयजंग बस्नेतको फोन डिजिटल फोरेन्सिक ल्याबमा पठाइयो



काठमाडौँ ७ फागुन । प्रहरीले विनयजंग बस्नेतको फोन डिजिटल फोरेन्सिक ल्याबमा पठाएको छ।
बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई धम्क्याएपछि गत मंगलबार बस्नेत गोंगबुको नयाँबसपार्कबाट पक्राउ परेका थिए।

उनीविरूद्ध सपनाले गत आइतबार महानगरीय प्रहरी परिसर, काठमाडौंमा उजुरी दिएकी थिइन्।

बस्नेतलाई प्रहरीले अभद्र व्यवहारको मुद्दामा पक्राउ गरेको थियो। अहिले प्रहरीले उनको फोन डिजिटल फरेन्सिक ल्याबमा पठाइएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी अशोक सिंहले बताएका छन् ।

प्रकाशित : ७ फाल्गुन २०७७, शुक्रबार ००:००