२७ फाल्गुन २०८१, मंगलबार । March 12, 2025

समाचार

झापामा पुरुषमाथि अप्राकृतिक करणी



काठमाडौँ ४ माघ । झापामा पुरुषमाथि अप्राकृतिक करणी भएको छ । कनकाई नगरपालिका–७ बिरीङ खोला किनारमा स्थानीय ३० वर्षीय पुरुषमाथि अप्राकृतिक करणी भएको हो ।

घटनापछि पीडित पुरुष उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल भर्ना भएका छन् । घटना शनिबारको हो ।

करणीमा संलग्न भएको आरोपमा प्रहरीले कनकाई नगरपालिका ६ निवासी १९ वर्षीय पारस तामाङ र सोही नगरपालिका ७ निवासी २१ वर्षीय विनोद टुडुलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई प्रहरीले सामान्य सोधपुछपछि छाडिदियो । अदालतले म्याद थप गर्न नमानेपछि प्रहरीले उनीहरुलाई छाड्नु परेको थियो ।

प्रकाशित : ४ फाल्गुन २०७७, मंगलबार ००:००