काठमाडौं, ७ पुस । पछिल्लो विवरण अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ । विश्वमा एकैदिन ८ हजार ७ सय ७ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १७ लाख ८ हजार २ सय १८ पुगेको वल्डोमिटर्सले जनाएको छ ।
अमेरिकामा एकैदिन १७ सय २० जना संक्रमितको मृत्यु भएको छ । यसरी अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख २६ हजार ६ सय ५१ पुगेको छ ।
त्यस्तै भारतमा कोरोनाबाट एकैदिन ३ सय २ जनाको मृत्यु भएको छ । यसरी भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४६ हजार १ सय ४५ पुगेको छ ।
प्रतिक्रिया