३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

मुख्य खबर

मन्त्रालय भित्र र बाहिरबाट अप्ठ्यारोमा पार्नेहरू छन् : स्वास्थ्यमन्त्री ढकाल



काठमाडौं २९, असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले आफूलाई स्वार्थ समूहले निशानामा पारेको र दृढतापूर्वक सामना गरिरहेको बताएका छन्।

कोभिड–१९ विरुद्धको अभियानलाई नेतृत्व प्रदान गर्न नसकेको चर्चामाझ मन्त्री ढकालले मन्त्रालयमा ट्रेड युनियनका प्रतिनिधिसँगको छलफलमा स्वार्थ समूहको चाहनाअनुसार काम नगर्दा आफूलाई असहयोग भएको बताए।

तर, पनि सरकारको नीति तथा कार्यक्रममा भएका योजनाहरूलाई कार्यान्वयनमा लाने बताए। यसका लागि सबैले सहयोग गर्नु पर्ने औंल्याए।

नमूना काम गर्ने आश्वासन व्यक्त गर्दै उनले इतिहासमै सर्वाधिक उत्कृष्ट नीति र कार्यक्रम आएको पनि दाबी गरे।

कार्यान्वयनमा सबै संघसंस्थाको भूमिका अपरिहार्य रहेको औंल्याउँदै उनले स्वास्थ्य मन्त्रालय भित्र र बाहिर अप्ठ्यारोमा पार्न चाहनेहरू रहेको पनि ढकालको भनाई छ।
ढकालले

प्रकाशित : २९ असार २०७७, सोमबार ००:००