
काठमाडौं २१ चैत। लकडाउनका कारण हवाइ उडान बन्द भएपछि विभिन्न ठाउँमा रोकिएका विदेशी पर्यटकको उद्दार आज राति १२ बजेदेखि बन्द गरिने भएको छ ।
अझै पनि विभिन्न स्थानबाट पर्यटकहरु काठमाडौं आइरहेका छन् । तर उनीहरु आज राती १२ बजेपछि जहाँ छन् त्यहि बस्नु पर्ने भएको छ । उनीहरु लकडाउन खुलेपछि मात्र बाहिर निस्कन पाउनेछन् ।
धेरैजसो मुलुकले आफ्ना नागरिकलाई नेपालबाट उद्धार गरी स्वदेश फर्काइसकेका छन् । पर्यटन बोर्डका अनसार शुक्रबार लुक्ला र फाप्लुबाट पर्यटकको उद्धार गरेर काठमाडौं ल्याइएको छ । पोखराबाट पनि बसमा पर्यटकहरु काठमाडौं आइरहेका छन् ।
आज पर्यटकको उद्धार गर्ने अन्तिम समय तोकिएको छ ।
प्रतिक्रिया