२८ फाल्गुन २०८१, बुधबार । March 13, 2025

मुख्य खबर

अमेरिकामा कोरोनाले नेपालीको निधनः फिफ्नाले भन्यो समस्यासंग जुझ्ने



न्युयोर्क । कोरोना संक्रमणको कारण संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा एकजना नेपालीको निधन भएपछि नेपाली समुदाय माझ अझ सजक अपनाईएको पाईएको छ ।

अनिल सम्माहाम्फे


पाँचथरको कुम्मायक ४ रानीगाउँ स्थायी घर भई पन्ध्र वर्षदेखि न्युयोर्कमा पाँच सदस्यीय परिवार सहित बसोवास गरिआएका ४९ वर्षिया अनिल सम्माहाम्फे लिम्बु को निधन भएपछि सजगता अपनाईएको हो । यसैविच लिम्बुको परिवारको अन्यसदस्यहरु दुई छोराहरुलाई समेत कोरोना संक्रमण भएको जनाईएको छ भने वाँकी श्रीमती र छोरीमा भने संक्रमण नभएको बताईएको छ । संक्रमित भएरपनि घरमानै रहेर पारम्परिक औषधि गरिरहेको बताईएको छ । अहिले संक्रमित छोराहरुको अवस्था भने सामान्य रहेको छ । आदिवासी जनजाति महासंघ (फिफ्ना) मेरिकाका अध्यक्ष लोक चेम्जोङले भने, आफुले विरामीहरुसंग फोनमा निरन्तर सम्बाद गरिरहेको र उहाँहरु अहिले सोक र विरामी दुईतर्फ चपेटामा हुनुहुन्छ तर स्वास्थ्यमा भने सुधारोन्मुख रहेको बताए । चौतर्फी समस्यामा रहेका कारण मृतक अनिल लिम्बुको संस्कार भने चिकित्सक र प्रसासनले निर्देशन गरेको सजगता अनुसार गर्नेमा परिवारमा सहमत भएको बताईएको छ । न्युनतम मलामी वा परिवारको सदस्यवाहेक वा परिवारको सदस्यको विना उपस्थितिमा सदगद गर्न चिकित्सक तथा प्रशासनले सल्लाह दिएको जनाईएको छ । नेपाली समाज अमेरिकाको केन्द्रीय सदस्य समेत रहेका स्वर्गिय अनिल लिम्बुको देहान्तले आफुहरुलाई अपुरणिय क्षति भएको समाजका अध्यक्ष समिर महर्जनले बताए । अहिलेको अवस्थामा श्रद्धान्जली शभा गर्ने अवस्था नभएका कारण सामाजिक सन्जाल र फोन मार्फत समबेदना प्रक्रट गरिएको बताए ।
आदिवासी महासंघका अध्यक्ष लोक चेम्जोङले भने अमेरिकाभरि विषेश गरेर न्युयोर्कमा रहेका नेपालीहरुलाई स्थानिय सरकारले अवलम्बन गरेको स्वास्थ्य नितीलाई पालना गर्न आग्रह गरेको छ । अहिलेको अवस्थामा सवैखाले समस्यासंग जुझ्न महासंघ सवैसंग मिलेर काम गर्न तयार भएको पनि चेम्जोङले बताए । युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाका न्युयोर्क अध्यक्ष केशबराम राईले पनि आफ्नो संस्थाले सकेसम्म परिवार बाहेक अन्यसंग भेटघाट नगर्न अनुरोध गरेको छ यसैविच निधन भएका अनिल लिम्बुलाई अमेरिका स्थित विभिन्न नेपाली संस्थाका ब्याक्तित्वहरुले सामाजिक सन्जाल मार्फत श्रद्धान्जली ब्यक्त गरिरहेकाछन् । विचारणिय के छ भने न्युयोर्कमा आजसम्ममा कोरोना संक्रमणका कारण २ सय १० को ज्यान गईसकेको छ भने २५ हजार ६ सय ६५ संक्रमित छन् । यो अनुपात संयुक्त राज्य अमेरिका भरीको सवै मृतक र संक्रमित संख्यालाई भागगर्दा आधा जतिकै हुनआउँछ । न्युयोर्क टाईम्सले जनाएको छ

प्रकाशित : १२ चैत्र २०७६, बुधबार ००:००