१६ कार्तिक २०८१, शुक्रबार । November 2, 2024

समाचार

कमिशनको खेलमा शुभकालिका गाउँपालिकाका अध्यक्ष : चौलागाई



मंसीर १२, कालिकोट । तत्कालिन नेकपा एमालेबाट बिजयी शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईको कमिसन धन्दाको अन्तत पर्दाफास भएको छ । गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनसाथ सेटिङमा कमिशन लिने गरेको रहस्य खुलेको हो । चौंलागाइले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागअन्तरर्गत फिल्ड साहायक पदमा जागिर मिलाईदिन्छु भन्दै एक लाख घुस लिएको प्रमाण भेटिएको छ ।
जागिर मिलाई दिने सर्तमा अध्यक्ष चौलागाईले स्थानीय भुपेन्द्र तिमिल्सेनाबाट रु १ लाख रुपैयाँ घुस लिएको हुन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले विभिन्न स्थानीयतहमा ठुलो संख्यामा कर्मचारी माग गरेको थियो । फिल्ड सहायक पदमा नाम निकाल्छु भन्दै उनले रकम असुलेको खुलासा भएको हुन् ।

नाम निकाल्न सकस भएपछि एक लाख फिर्ता दिने मौखिक सहमति भएको वताइएको छ । एक लाख बराबरको घुस दिनेले व्याज मागेपछि ब्याज नदिएरै रकम फिर्ता गर्ने सुरमा अध्यक्ष चौलागाई छन् ।

फिल्ड सहायकका लागि शुभकालिका गाउँपालिकाका २ जना अन्तरर्वाताका लागि छनोटमा परेका थिए । भुपेन्द्र तिमिल्सेना र गोविचन्द्र तिमिल्सेना, अन्तरवार्ताका लागि छनोटमा परेपछि आफ्नो नाम निकाल्नका लागि १ लाख घुस दिएका भुपेन्द्रको नाम निकाल्न सफल नभएपछि अध्यक्ष चौलागाईसँगको फोन रेकर्ड बाहिरिएको छ ।

फोन रेकडमा आफुले १ लाखलिएको तर नाम ननिक्लेपछि फिर्ता गर्ने अध्यक्ष चौलागाईले बताएका छन् । यता भुपेन्द्र तिमिल्सेनाले आफुले गाउँपालिका अध्यक्षलाई घुस भनेर एक लाख नदिएको बताएका छन् । तर उनको फोन रेकडमा भने आफुले नाम निकालिदिने भन्दै रकम दिएको उल्लेख छ । उनको यी दुवै रेकड सुन्ने हो भने एक लाख भन्दा धेरै अन्यबाट आर्थिक चलखेल भएको अनुमान गर्न सकिन्छ ।

गाउँपालिका अध्यक्षको यो हर्कतले नेकपा शुभकालिकाका स्थानीय नेता आक्रोसित बनेका छन् । सरकारको कानुन तोड्ने चौलागाईंलार्ई पार्टीबाट पनि निलम्वन गरिनुपर्ने चौतर्फी आवाज उठेको छ । यस्तै अन्य योजनामा पनि कमिसन उठाउने गरेको स्रोतले बताएको छ ।

प्रकाशित : १२ मंसिर २०७६, बिहिबार ००:००