काठमाडौं २५ कार्तिक । गोर्खाज फाइनान्स लि. २५ औं वर्षमा प्रवेश गरेको छ ।
फाइनान्सले यस अवसरमा सेवाग्राही, लगानीकर्ता, शुभचिन्तकहरुसंग भेटघाट, शुभकामना आदप्रदान कार्यक्रम गरि सुझाव सेमेत लिएको छ ।
गोर्खाजले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुईवटा विद्यालयलाई सहयोग गरेका छन् । फाइनान्सका अध्यक्ष यादवचन्द्र राईले मातातिर्थस्थित सेतिदेवी प्राथमिक विद्यालयलाई ५० हजार र भिमसेनगोला माध्यमिक विद्यालयलाई ३५ हजार रुपैयाँ हस्तान्तरण गरे ।
फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङले गोर्खाजलाई उत्कृष्ट फाइनान्स बनाउने प्रतिवद्धता जनाए । उनले व्यापार बढाउन थप शाखा बिस्तार गर्ने योजना रहेको समेत उल्लेख गरे ।
कार्यक्रममा गोर्खा समूहका संयोजक पुरञ्जन राईले गोर्खा फाइनान्सले थप प्रगति गर्दै विकास बैकका रूपमा अघि बढाउने योजना बनाउनु पर्नेबताए ।
सो अवसरमा फाइनान्सका वरिष्ठ प्रवन्धक मुकुन्द श्रेष्ठलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान प्रदान गरिएको थियो ।
गोर्खाज फाइनान्सले सातवटै प्रदेशमा २३ शाखाबाट सेवा प्रदान गर्दै आएको छ । फाइनान्सले मोवाइल तथा इन्टरनेट बैङ्किङ, आइपीएस सेवा, डेबिट कार्ड जस्ता सेवाहरू प्रवाह गर्दै आएको छ ।
प्रतिक्रिया